सीटी सफारी भित्र किशोरीहरुलाई देखाउँदै हस्तमैथुन गरेर भागेका ‘मासुम’ १० महिनापछि पक्राउ

विराटनगर — किशोरीहरुलाई देखेपछि सार्वजनिक स्थलमै यौनजन्य गतिविधि गर्ने एक युवकलाई मोरङ प्रहरीले १० महिनाको प्रयासपछि पक्राउ गरेको छ।

बिहीबार साँझ विराटनगर–३ स्थित एक होटल बाहिर किशोरीहरूप्रति उस्तै हर्कत दोहोर्‍याएपछि स्थानीयले नियन्त्रणमा लिएर ती युवकलाई प्रहरीको जिम्मा लगाएका हुन।

प्रहरीका अनुसार ती युवक २१ वर्षीय युनुस सैजाद (मासुम) हुन। उनले गत ११ भदौमा रथयात्राको दिन सार्वजनिक सिटी सफारीभित्र उस्तै अश्लील गतिविधि गरेका थिए। त्यो घटनाको भीडीओ सामाजिक सञ्जालमा भाइरल भए पनि उनी प्रहरीलाई छक्याउँदै उम्किरहेका थिए।

तर, बिहीबार पुनः उस्तै क्रियाकलाप गर्दै गरेको भीडीओसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार युनुसले सार्वजनिक स्थलमा युवतीहरूसामु हस्तमैथुन गर्दै गर्दा स्थानीयले रंगेहात समातेका थिए।

मोरङ प्रहरीका अनुसार युनुसविरुद्ध प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार, उनले बारम्बार यस्ता घट्ना दोहोर्‍याउँदै आएका छन्।

प्रहरीले यो घटनालाई मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अन्तर्गत ‘यौन दुर्व्यवहार’ को रुपमा लिएको छ, जसअनुसार दोषीलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

सार्वजनिक स्थानमा बारम्बार यस्ता हर्कत गर्नु कानुनी मात्र नभई सामाजिक सुरक्षाका लागि पनि चुनौती बनेको प्रहरीले स्वीकार गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट