सप्तरीमा जंगली हात्तीको आक्रमण परी मकै रुँघ्न बारीमा बसेका किसानको मृत्यु

राजविराज– सप्तरीमा शनिबार विहानका राति जङ्गली हात्तीको आक्रमणमा परी एक जना किसानको मृत्यु भएको छ।
हात्तिको आक्रमणमा परी कञ्चनरूप नगरपालिका–१२ का ६६ वर्षीय केदार बहादुर विष्ट (दशरथ) को मृत्यु भएको हो।
स्थानीयका अनुसार घरदखि करिव ३ सय मिटर पश्चिममा रहेको मकै बारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीयले बताएका छन्।
विष्ट बँदेल लगायतका जंगली जनावरबाट मकै जोगाउन बारीमै बसेका थिए। राति करिव १ बजे समुहमा आएका हात्तीको जेसलाई उनलाई आक्रमण गरेको जनाईएको छ।
प्रतिक्रिया