हावाहुरीले लडाएको सल्लाको रुख घरमाथि बजारिँदा वुहारीको मृत्यु सासु घाईते

काठमाडौँ– डडेल्धुरामा हावाहुरीका कारण ढलेको रुखले किचेर घरमै वसेकी एक महिलाको मृत्यु भएको छ भने एक महिला गम्भिर घाईते भएकी छिन्। मृतक घरकी वुहारी हुन भने घाईते हुने उनकी सासु हुन।
प्रहरीका अनुसार बुधबार बिहान करिब ६ बजे हावाहुरीका कारण आलिताल गाउँपालिका–६ दोबाटाका रतन कामीको घरमाथि सल्लाको रुख ढलेको थियो। घरमाथि रुख बजारिँदा परिवारका सदस्य भित्रै थिए।
त्यसक्रममा कोठाभित्रै रहेकी रतनकी श्रीमती २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको छ भने मृतककी सासू राधा कामी घाइते भएकी छिन्। स्थानीय राम कुँवरका अनुसार राधाको टाउको र कम्मरमा गम्भीर चोट छ।
उनलाई प्रहरीले उद्धार गरि अस्पताल पुयाएको छ। मृतक रविनाका छोरा र एक छोरी छन।
प्रतिक्रिया