धनकुटामा मासु खाने क्रममा हड्डी अड्किएर वृद्धको मृत्यु

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा ७८ वर्षीय प्रेम बहादुर लिम्बू रहेका छन्। प्रहरीका अनुसार शुक्रबार राति उनी आफ्नो घरमा खानाका साथ सुँगुरको मासु खाँदै थिए। मासु खाने क्रममा अचानक हड्डी घाँटीमा अड्किँदा उनी गम्भीर रुपमा बिरामी भएका थिए।

गम्भिर अवस्थामा उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा राति करिब साढे १० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट