विराटनगरकी २३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पूर्व प्रदेश प्रमुख अहिराज जेल गए

राजधानी— बलात्कार आरोपमा पक्राउ परेका मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा ‘अहिराज’लाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बुधबार न्यायाधीश पिताम्बर शर्माको इजलासले प्रारम्भिक प्रमाणहरूको आधारमा उनलाई निर्दोष भन्न नसकिने ठहर गर्दै अन्तिम फैसलासम्मको लागि डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको हो।
२३ वर्षीया एक युवतीले ७ वर्षदेखि ‘एयर होस्टेस बनाइदिने’ प्रलोभनमा यौन शोषण गर्दै आएको आरोप लगाउँदै जाहेरी दिएपछि अहिराजविरुद्ध अनुसन्धान सुरु भएको थियो। चैत २५ मा अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी लामो समय भारततिर भूमिगत थिए।
साउन ४ गते काठमाडौंमै पक्राउ परेपछि मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोग दर्ता ग¥यो।
पीडितले २०८१ जेठ ४ गते आफू डेरामा एक्लै भएको मौका छोपी अहिराजले मुख थुनेर बलात्कार गरेको बयान दिएकी छन्। उनले अनुसन्धानका क्रममा उनले भनेकी छिन्–‘नेपालमा पैसा र पावर हुनेकै कानून चल्छ, तँ मधेशी परिवारको छोरी होस्, यो कुरा बाहिर आयो भने मधेशी समाजले बहिष्कार गर्छ… तँ र तेरो परिवार कतै मुख देखाउन लायक रहँदैनौ भन्दै धम्क्याउँदै मेरो अस्मिता लुटियो।’
अहिराजले भने आफू ’हनी ट्रयाप’ को सिकार भएको दाबी गरेका छन्। उनका अनुसार युवती, उनकी आमा र भाइले पटकपटक ६० लाख रुपैयाँ माग गर्दै बार्गेनिङ गरेका थिए। उनले २०८१ भदौ १८ मा युवतीले आफ्नो बैंक खाताको विवरण पठाएको र आफूले २३ गते तीन लाख रुपैयाँ दिएर बैंकमा जम्मा गरेको दाबी गरेका छन्।
अहिराजले यो बारम्बारको पैसाको मागलाई लिएर २०८१ मंसिर ७ मा जिल्ला प्रहरी परिसर, काठमाडौंमा ‘एक्सटर्सन’ सम्बन्धी जाहेरी दर्ता गराएका थिए, तर आफूले कुनै न्याय नपाएको बयानमा उल्लेख गरेका छन्।
अहिराजले घटनालाई पैसा असुल्न बनाइएको षड्यन्त्र भन्दै महिला आयोगमा समेत गुहार गरेका थिए। तर प्रहरी अनुसन्धान र अदालती प्रारम्भिक विचारबाट उनको दाबीहरू प्रमाणित नभएकाले थुनामा पठाउने आदेश आएको हो।
अब उनीमाथिको आरोप प्रमाणित हुने वा नहुने विषय अदालतको अन्तिम फैसलाबाट टुंगो लाग्नेछ।
यो घटनाले पूर्व प्रदेश प्रमुख जस्तो पदमा बसेको व्यक्ति पनि यौन हिंसाको आरोपमा कारागार पुग्न सक्ने सन्देश दिएको छ। साथै, पीडितको जातीय, लैंगिक, आर्थिक अवस्थाको दुरुपयोग गर्दै गरिने अपराधलाई राजनीतिक पहुँचले ढाकछोप गर्न नसकिने चेतावनीसमेत दिएको छ।
यो पनि,
- राजेश अहिराजको बलात्कार प्रकरणमा ट्वीष्टः पीडित युवतीविरुद्ध नै आपराधिक लाभको जाहेरी
- पूर्वप्रदेश प्रमुख राजेश अहिराजले बलात्कारको मुद्दा रोक्न ३ लाख रुपैयाँ पीडितलाई दिएको स्विकारे
- राजेश अहिराजबाट बलात्कृत किशोरीको बयानः संवेदनशील अंगबाट रगत बगिरहेको थियो, विन्ती गरें, छोडेनन्
- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ
- बलात्कार आरोप लागेका पूर्वप्रदेश प्रमुख अहिराज दुई महिनादेखि फरारः भारत पुगेको आशंका
- मधेशका पूर्वप्रदेश प्रमुख अहिराज विरुद्ध बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी
लोकप्रिय
ताजा अपडेट

जुम्ला घुम्न गएका हृदयन्द्रको भ्लगले दर्शकको मन जित्यो, भन्छन्– हामी लाग्यौं भने देश समृद्ध हुन्छ होला
