१८ वर्षीया किशोरीको आफ्नै प्रेमीको घरमा मृत्यु, कारण खोज्दै प्रहरी

राजधानी– ललितपुरमा एक १८ वर्षीया किशोरीको आफ्नै प्रेमीको घरमा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने १८ वर्षीय युवकको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन्।

त्यही क्रममा अचानक बेहोस भएपछि उनलाई ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो, तर उपचार अघि नै उनको मृत्यु भएको एसपी चक्रराज जोशीले जानकारी दिए।

घटनापछि युवकलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान थालिएको छ। किशोरीको शव पोस्टमार्टमका लागि पठाइएको छ।

दुवैबीच प्रेम सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको कारण खुल्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट