उत्तराखण्डको वाढि र पहिरोमा बेपत्तामध्ये बर्दियाका नरेन्द्र खड्काको हात भेटियो, ट्याटुबाट पहिचान

राजधानी — भारतको उत्तराखण्डस्थित पौडीगढवालको सिन्धुखोला नजिक बाकुडामा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये बर्दियाको मधुवन नगरपालिका–६, गाउँ नम्बर ४ का ३९ वर्षीय नरेन्द्र खड्काको हात फेला परेको छ।

शनिबार भेटिएको हात ट्यााटु र नामका आधारमा परिवारले पहिचान गरेका हुन्। तर, यसबारे प्रहरीले औपचारिक पुष्टि गरेको छैन। पौडीगढवालस्थित बाकुडामा रहेका बर्दियाका चित्रबहादुर पौडेलका अनुसार नरेन्द्र खड्का, उनकी श्रीमती ३० वर्षीया सरस्वती र २ वर्षीय छोरा रोमन मजदुरीका लागि भारत गएका थिए।

बाढी–पहिरोमा परी उनीहरूसहित पाँच जना नेपाली बेपत्ता भएका थिए। नरेन्द्रका बुबा चुडामणि खड्काले हातमा लेखिएको ट्याटु र नामका आधारमा छोराको पहिचान गरेको बताए। तर दिल्लीस्थित नेपाली दूतावासका एसएसपी प्रकाश मल्लले भारतीय प्रहरीले पुष्टि नगरेसम्म औपचारिक रूपमा नरेन्द्रकै हात भएको भन्न नसकिने बताएका छन्।

सरस्वती र रोमनको अवस्था अझै अज्ञात छ। यस्तै, मधुवन नगरपालिका–५, गाउँ नम्बर ८ की अमृता परियार पनि बेपत्ता छिन् भने उनकी छोरी २१ वर्षीया लक्ष्मी गम्भीर घाइते भएकी छन्।

त्यसैगरी बर्दियाकै गुलरिया नगरपालिका–३, संगमबस्तीका २१ वर्षीय सुभाष विक पनि बेपत्ता छन्। लगातार वर्षाका कारण खोजी कार्यमा कठिनाइ भइरहेको र हाल करिब ४५ जना नेपाली खोजीमा खटिएको जनाइएको छ।

शनिबारसम्म भारतीयहरूसमेत खोजीमा संलग्न भए पनि आइतबारबाट उनीहरू खोजी स्थलमा नआएको स्थानीयहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट