सप्तरीमा ७ लाखभन्दा बढीका अवैध सामान बरामद, भन्सार बुझाइयो

राजविराज— भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको करिब ७ लाख ६० हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार विभिन्न मिति र समयमा साइकिल तथा मोटरसाइकलमार्फत कपडा र किराना सामानहरू चोरी–पैठारी गरेर ल्याइँदै गरेको अवस्थामा बरामद गरिएको हो।

बरामद सामानसँगै साइकिल र मोटरसाइकलसमेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। बरामद सामानहरू भदौ १७ गते आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइसकेको जनाएको प्रहरीले नाएको छ।

सप्तरी प्रहरीका डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार बरामद सामान र सवारीसाधनसहितको मूल्य ७ लाख ६० हजार ३ सय ५५ रुपैयाँ छ। प्रहरीले सीमा क्षेत्रमा चोरी–पैठारी नियन्त्रणका लागि चेकजाँच कडा पारिएको पनि जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट