नेपालमा मेटा मनिटाइजेसन सुरू, फेसबुक क्रिएटरले अब कमाइ गर्न सक्छन्

काठमाडौं – नेपालमा पनि मेटाको कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको छ। अब फेसबुक लगायतका सामाजिक सञ्जालमा सिर्जना गरिरहेका नेपाली क्रिएटरहरूले आफ्नो मेहनतबाट सिधै आम्दानी गर्न सक्ने भएका छन्। मेटा मनिटाइजेसनले सिर्जनात्मक सामग्रीलाई आर्थिक मूल्यमा परिणत गर्ने माध्यम प्रदान गरेको छ।

नेपालका योग्य प्रयोगकर्ताले मनिटाइजेसनबाट प्राप्त हुने आम्दानी सिधै आफ्नो बैंक खातामा जम्मा गर्न सक्ने छन्। यसका लागि प्रयोगकर्ताले पेआउट अकाउन्ट सेटअप गर्दा देशको रूपमा ‘नेपाल’ चयन गर्नुपर्नेछ र आफ्नो बैंकको विवरण भर्नुपर्नेछ। योग्य क्रिएटरहरूले पेआउट सेटअप पूरा गरेपछि रकम प्राप्त गर्न सक्षम हुनेछन्।

मेटाको मनिटाइजेसन नीति केही प्रमुख नियमहरूमा आधारित छ। पार्टनर मनिटाइजेसन पोलिसी अन्तर्गत सोसियल पेज, प्रोफेसनल प्रोफाइल, इभेन्ट वा ग्रुपमा योग्य सामग्री मात्र पोस्ट गर्न सकिन्छ। फेसबुकको कम्युनिटी स्ट्यान्डर्डअनुसार घृणा, हिंसा, गलत जानकारी, भ्रामक समाचार वा अन्य नकारात्मक सामग्री पोस्ट गर्न नहुने व्यवस्था छ।

क्रिएटरले आफ्नो सिर्जना गरिएको सामग्री वा कमेडी, प्यारोडी जस्ता परिवर्तन गरी प्रस्तुत गरेको सामग्री पनि नीति अनुसार हुनुपर्छ। गलत तरिकाले लाइक, भ्यूज वा फलोवर्स वृद्धि गर्ने गतिविधिहरू मनिटाइजेसन रोक्ने कारक बन्न सक्छ। मेटाले रिपोस्ट वा डुप्लिकेट कन्टेन्टलाई रोक्ने व्यवस्था गरेको छ। वानली रिपोस्ट गरिएको सामग्रीमा मनिटाइजेसन अस्थायी रूपमा रोकिन सक्छ।

फेसबुकले अल्गोरिदम म्यानुपुलेसन र अन्य नीतिविपरीत गतिविधि विरुद्ध पनि कडा नीति लागु गरेको छ। नियम उल्लंघन नगरी निरन्तर सामग्री पोस्ट गर्ने क्रिएटरहरूलाई मात्र मेटाले आम्दानीको सुविधा उपलब्ध गराउँछ। मनिटाइजेसनको आम्दानी क्रिएटरले राख्ने भिडियो, रिल्स, स्टोरी वा टेक्स्ट सामग्रीको आधारमा निर्धारण हुन्छ। भिडियोबाट आम्दानी गर्नका लागि कम्तिमा पनि १५ सेकेन्डको हुनु आवश्यक छ।

भिडियो, रिल्स वा लाइभ स्ट्रिममा आएको विज्ञापन, स्टार, वा सब्सक्रिप्सन मार्फत प्रत्यक्ष आम्दानी हुने भएकाले यो नेपाली क्रिएटरहरूका लागि अतिरिक्त आर्थिक स्रोत बन्ने अवसर पनि हो। यसले युट्युबजस्तै क्रिएटिभ पेशा अपनाउने वातावरण सिर्जना गरेको छ।

यसरी, मेटा मनिटाइजेसनले नेपाली डिजिटल क्रिएटरलाई सिर्जनात्मक मेहनतको सही मूल्य प्रदान गर्दै पेशागत अवसर विस्तार गरेको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट