छोरी भेट्न भारत जाँदै गरेका वृद्धलाई मेची खोलाले बगायोः उद्धार असफल, शव भेटियो

झापा — झापाको भद्रपुर नगरपालिका–३ भैसाबाडीस्थित मेची खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ।

शनिबार दिउँसो स्थानीयले खोलामा एक पुरुषलाई पानीले बगाउँदै गरेको देखेपछि उद्धार गर्ने प्रयास गरेका थिए। तर, केहीबेरमै उनलाई मृतावस्थामा बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतक कचनकवल गाउँपालिका–६ पैनीटोला निवासी ६५ वर्षीय सोनुलाल मुर्मु रहेको प्रहरीले पुष्टि गरेको छ। मुर्मुलाई उनकी छोरी सुसिला मुर्मुले पहिचान गरेकी थिइन्।

प्रहरीका अनुसार मुर्मु नेपालबाट भारततर्फ छोरीको घर जान खोलाको बाटो हुँदै पैदल तर्ने क्रममा पानीको तीव्र भेलमा परेका थिए। वर्षाको कारण खोलामा पानीको बहाव बढेपछि उनी बगेको जनाईएको छ।

मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट