वीरगञ्जमा भारतबाट आएका युवकद्वारा महिलामाथि गोली प्रहार, गालामा लाग्यो गोली

वीरगन्ज — पर्साको वीरगन्ज–१६ रजत जयन्ती चोकमा सोमबार दिउँसो करिब ४ बजे भारतबाट आएका एक युवकले गोली प्रहार गरी एक महिलालाई घाईते बनाएका छन्।

स्थानीय खाजा खाने होटलमा ग्राहक बनेर आएका भारतको झारखण्ड निवासी, अन्दाजी ३० वर्षीय प्रदीप शर्माले त्यही होटलमा रहेकी भारतको बिहार राज्यकी २८ वर्षीया निशाकुमारी सहनीमाथि गोली चलाएका हुन्।

निशालाई बायाँ गालामा गोली लागेको छ र उनको उपचार नारायणी अस्पतालमा भइरहेको छ। सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार, गोली प्रहार गरी फरार भएका शर्मालाई वीरगन्जको भन्सार क्षेत्रबाट नियन्त्रणमा लिइएको छ। उनीसँग कटुवा पेस्तल समेत फेला परेको छ।

पर्सा प्रहरीका डीएसपी किशोर लम्सालले शर्माले निशालाई किन र के कारणले गोली हानेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट