लहानमा जंगली हात्तीको आतंकः घर र तरकारी खेतीमा व्यापक क्षति

लहान— सिरहाको लहान नगरपालिका–१६ चुरे क्षेत्रमा गएराति जंगली हात्तीको ठूलो समूहले स्थानीय बस्तीमा आतंक मच्चाएको छ। आरिदमार टोलका केही घर र तरकारी खेतीसमेतमा हात्तीले क्षती पुर्‍याएको छ।

भुपाल मगर, जालबहादुर थापा मगर, नामजाली मगर, रामबहादुर मगर, भक्त बहादुर र हरि थापाका घरमा हात्तीले क्षती गरेको प्रत्यक्षदर्शीहरूले बताए। रातभरि तीन/चार वटा हात्तीले बस्तीमा घुमी–घुमी तोडफोड गरेको उनीहरुको भनाई छ।

हात्ती अझै गाउँ वरिपरि नै घुमिरहेको स्थानीयहरूले बताएका छन्। वडासदस्य भाईकाजी खड्काका अनुसार, बस्तीबासी मिलेर हात्ती खेदाउने प्रयास गरिरहेका छन्, तर सम्भव हुन सकेको छैन।

स्थानीयले सुरक्षा र सहयोगका लागि प्रहरीसँग माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट