भक्तपुरको गेष्टहाउसमा १८ वर्षीया युवती मृत फेला, सँगै बसेका २ युवा र दुई युवती पक्राउ

काठमाडौँ– भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया एक युवती सोमबार बिहान गेष्टहाउस पछाडि मृत अवस्थामा फेला परेकी छिन्। घटनापछि उनीसँगै गेष्टहाउसमा बसेका चार युवालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

मृतक दोलखाको भीमेश्वर नगरपालिका–९ खरीढुंगा घर भई हाल चाँगुनारायण नगरपालिका–९ टेडोल बस्दै आएकी सलिना श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार उनी सोमबार बिहान करिब साढे तीन बजे गेष्टहाउसको पछाडिपट्टि लडिरहेको अवस्थामा भेटिएकी थिइन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको टोलीले उनलाई उद्धार गरी भक्तपुर अस्पताल पु¥याएको थियो। तर उपचारका क्रममा चिकित्सकले बिहान करिव पौने ४ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार सलिना आइतबार राति अनय २ जना पुरुष र २ जना महिलासति गेष्टहाउस पुगेकी थिइन्। गेष्टहाउसका एक कर्मचारीले दिएको जानकारीअनुसार उनीहरू राति करिब १० बजे गेष्टहाउसमा आएका थिए र दुईवटा कोठा लिएर बसेका थिए। उनीहरूले मदिरा सेवन गरेको तथा कोठाभित्र केही समय होहल्लासमेत गरेको कर्मचारीको भनाइ छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार सलिनासँगै बसेका दुई पुरुष र दुई महिलालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। पक्राउ परेका सबै २३ वर्षभन्दा कम उमेरका रहेको प्रहरीले जनाएको छ।

प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उनीहरूले आपसमा ‘ग्यादरिङ’ गरेको स्वीकार गरे पनि सलिना कहिले र कसरी झ्यालबाट तल खसिन् भन्नेबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्। घटनाको वास्तविक कारण र परिस्थितिबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

डीएसपी कार्कीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ। पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारण र घटनाको प्रकृतिबारे थप स्पष्ट हुने तथा अनुसन्धानलाई निष्कर्षतर्फ पु¥याउन सहयोग पुग्ने उनले बताए।

प्रहरीले घटनास्थलको प्राविधिक तथा भौतिक प्रमाण संकलनका साथै नियन्त्रणमा रहेका व्यक्तिहरूसँग सोधपुछ जारी राखेको जनाएको छ। हालसम्म मृत्यु दुर्घटना, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्नेबारे प्रहरीले कुनै निष्कर्ष सार्वजनिक गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट