सडकमै युवतीको तिघ्रा समाउने शालीन साह केस दाह्री काटेर भाग्दै गरेको अवस्थामा कलंकीबाट पक्राउ

काठमाडौँ– ठमेलमा एक युवतीको थाईमा हात हालेको (ब्याड टच’ गरेको) दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि खोजीमा रहेका ३० वर्षीय शालीन साह पक्राउ परेका छन्। आफ्नो पहिचान लुकाउन लामो कपाल र दाह्री–जुँगा काटेर भाग्ने प्रयास गरिरहेको अवस्थामा शनिबार कलंकीबाट उनलाई पक्राउ गरिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को संयुक्त टोलीले उनलाई कलंकीस्थित तासिनडोलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार भाइरल भिडियोमा देखिएको घटना भदौ १८ गते ठमेलमा भएको थियो। भिडियो सार्वजनिक भएपछि साहको खोजी भइरहेको थियो।

सो क्रममा उनले आफ्नो हुलिया परिवर्तन गरेर कलंकीबाट बाहिरिने प्रयास गरेको अवस्थामा प्रहरीले फेला पारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका साह तराईमूलका हुन्। घटनामा पीडित युवती पनि नेपाली नागरिक नै रहेको उनले बताएका छन्।

साहलाई थप अनुसन्धान तथा मुद्दा चलाउने प्रयोजनका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको एसएसपी खड्काले जानकारी दिए। घटना ठमेलमा भएको र उक्त क्षेत्र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को कार्यक्षेत्रमा पर्ने भएकाले साहमाथिको थप अनुसन्धान त्यहीँबाट अघि बढाइने प्रहरीले जनाएको छ।

प्रहरीले भाइरल भिडियोमा देखिएको घटनालाई आधार बनाएर साहको खोजी अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनको हुलिया परिवर्तन गरेको अवस्थामा शनिबार कलंकी क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ परेका साहमाथि लागेको आरोपबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट