ससुराली गाउँमै बलात्कारको आरोप, युवतीलाई गर्भवती बनाएर फरार सिरहाका ३४ वर्षीय यादव पक्राउ

राजविराज— छिमेकी २१ वर्षीया अविवाहित युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ का ३४ वर्षीय राकेशकुमार यादव पक्राउ परेका छन्। युवतीले बच्चा जन्माइसकेपछि दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई करिब डेढ महिनापछि पक्राउ गरेको हो।

प्रहरीका अनुसार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाको सहयोगमा कात्तिक ११ गते पक्राउ गरिएको हो। प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका–४, इक्राही टोलस्थित ससुराली घरमा बस्दै आएका यादवले छिमेकी २१ वर्षीया अविवाहित महिलालाई ललाईफकाई तथा धाकधम्की दिई बलात्कार गरेका थिए।

बलात्कारपछि युवती गर्भवती भएको र उनी फरार भएको प्रहरीले जनाएको छ। पीडित महिलाले बच्चासमेत जन्माइसकेपछि यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा २०८३ भदौ १८ गते किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। खोजतलासका क्रममा उनी घरमै लुकेर बसेको सूचना पाएपछि सिरहा प्रहरीसँग समन्वय गरी पक्राउ गरिएको हो। पक्राउपछि यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ।

मोरङ जिल्ला अदालतबाट जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले उनीमाथि लागेको आरोपबारे अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट