मोरङमा भारतीय नागरिकसँग मिलेर श्रीमतीले नै गरिन श्रीमानको हत्या ! एक आरोपी पक्राउ, श्रीमती फरार

विराटनगर– मोरङमा आफ्नै श्रीमती र एक भारतीय नागरिक मिलेर रड प्रहार गर्दा एक व्यक्तिको ज्यान गएको छ। जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको टाउकोमा रड प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा बुधरामकी ३५ वर्षीया श्रीमती कमली मास्के र २७ वर्षीय भारतीय नागरिक सुनील मिश्र संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले बुधरामको टाउकोमा रड प्रहार गरेका थिए। गम्भीर चोट लागेका बुधरामको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार घटना राति करिब १० बजेतिर भएको हो। घटनालगत्तै प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपितमध्ये भारतीय नागरिक मिश्रलाई नियन्त्रणमा लिएको छ। मृतककी श्रीमती कमली भने घटनापछि फरार भएकी छिन्।

प्रहरी निरीक्षक दाहालले बुधराममाथि उनकी श्रीमती र भारतीय नागरिकले मिलेर टाउकोमा रड प्रहार गरेको जानकारी दिएका छन्। फरार कमलीको खोजी भइरहेको र घटनामा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधराममाथि आक्रमण गर्नुको कारण तत्काल खुल्न सकेको छैन। उनीहरूबीचको सम्बन्ध, घटनाअघिको गतिविधि र हत्या हुनुको परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्रसँग सोधपुछ भइरहेको छ भने फरार कमलीको खोजी जारी छ। घटनाको वास्तविक कारण र हत्यामा दुवैको भूमिका कस्तो थियो भन्ने विषय अनुसन्धानपछि थप स्पष्ट हुने प्रहरीले जनाएको छ।

श्रीमती र भारतीय नागरिक मिलेर हत्या गरेको आरोपमा अनुसन्धान अघि बढे पनि घटनाको कारणबारे प्रहरीले अहिलेसम्म कुनै निष्कर्ष सार्वजनिक गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट