इटहरीमा मध्यराति भीषण दुर्घटना : ट्रकको ठक्करले मोटरसाइकलमा सवार दुई युवकको मृत्यु, सनाखत हुन बाँकी

इटहरी– सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोलपम्पनजिक कोशी लोकमार्गमा गएराति भएको दुर्घटनामा दुई पुरुषको ज्यान गएको हो।

प्रहरीका अनुसार राति करिब पौने १२ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उद्वार गरी उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।

मृत्यु हुने दुवै पुरुषको पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकको सनाखत गर्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट