भीमफेदीमा राप्ती खोलामा खस्यो यात्रुवाहक सुमो, २ जनाको मृत्यु, ७ घाइते
हेटौँडा– मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे बजारनजिक यात्रुवाहक सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
बिहीबार बिहान करिब साढे ८ बजे हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको हो।
दुर्घटनाका बेला सुमोमा चालकसहित १० जना सवार रहेको प्रारम्भिक विवरण छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको छ।
दुर्घटनालगत्तै प्रहरी तथा स्थानीयको सहयोगमा घाइते र मृतकलाई उद्वार गरी हेटौँडा अस्पताल पु¥याइएको छ। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ। दुर्घटनाको कारण, मृतक तथा घाइतेको पहिचान र उनीहरूको अवस्थाबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।
लोकप्रिय
तीन दशक अरूका सन्तानको भविष्य बनाउन बिताएका शिक्षक आज आफ्नै जीवन बचाउन सहयोगको प्रतीक्षामा, ब्रेन हेमरेजपछि अस्पतालको शैय्यामा श्यामानन्द

