विराटनगरबाट प्रेमीलाई पोखरा बोलाएर पसल मालिकलाई हनी ट्र्यापमा फसाउने मास्टरमाइन्ड मरियमसहित ३ जना पक्राउ

पोखरा– मोरङबाट प्रेमीलाई पोखरा बोलाएर आफैंले काम गर्ने सुनचाँदी पसलका मालिकलाई हनिट्रयापमा फसाउने योजनाकी मास्टरमाइण्ड २७ वर्षीया मरियम राईसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कास्कीको पोखराका एक जना सुनचाँदी ब्यवसायीलाई हनिट्रयापमा पारेर रकम वार्गेनिङ गरेको आरोपमा पोखरा–१५, टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, उनका प्रेमी मोरङको विराटनगर घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभा सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मरियम सुनचाँदी पसलमा काम गर्थिन। उनले आफ्नै पसलका मालिकलाई हनी ट्रयापमा पारेर पैसा असुल गर्ने योजना बनाएर लिम्बु र सुवेदीलाई मोरङबाट पोखरा बोलाएको खुलेको छ।

दुई जना पोखरा पुगेपछि उनीहरुले व्यवसायीकी श्रीमतीलाई धम्क्याउन थालेका थिए। ‘तपाईंका श्रीमानले मरियमलाई बलात्कार गरेका छन्, यदि जीवनभरीलाई पुग्ने सम्पत्ति नदिए जेलमा सडाउँछौं’ भन्दै धम्की दिएपछि घट्नाले नयाँ मोड लिएको थियो।

यो सूचना पाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो। प्रहरीले पैसाको बार्गेनिङ गरेको अडियो प्रमाणसमेत बरामद गरेको छ। कास्की प्रहरीका डीएसपी हरि बस्नेतका अनुसार उनीहरूले ब्यापारी र उनकी श्रीमतीसँग ५० लाख रुपैयाँ माग गरेका थिए।

पक्राउ परेका तीनै जना विरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ ‘आपराधिक लाभ’ सम्बन्धी अभियोगमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट