अमेरिकाबाट डिपोर्ट भए रास्वपा पूर्व केन्द्रीय सदस्य एवम् रविका पार्टनर मोहन थापा

राजधानी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व केन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन्। अध्यागमन विभाग स्रोतका अनुसार केही दिनअघि थापालाई अमेरिकाले डिपोर्ट गरेको हो।
थापालाई गत फागुनमा अमेरिकामा पक्राउ गरिएको थियो। अमेरिकी फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) ले उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखेको थियो। प्रारम्भिक रूपमा थापामाथि अमेरिकी सरकारको नीतिविपरित ठगी धन्दा सञ्चालन गरेको आरोप लागेको बताइएको छ। यसअघि उनीमाथि सवारी लाइसेन्स दुरुपयोगको आरोपमा कारबाही भइसकेको थियो।
रास्वपाले यसअघि नै थापालाई पार्टीको जिम्मेवारीबाट हटाइसकेको थियो। केन्द्रीय सदस्य थापामाथि अनुसन्धानको आरम्भको सन्दर्भमा, पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले उनलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ मागेको आरोपसमेत सार्वजनिक गरेका थिए। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणसँग थापा जोडिएको श्रेष्ठले दावी गरेका थिए।
थापा लामिछानेका निकट र विश्वासपात्र मानिन्छन्। उनलाई लामिछानेको ‘अवैध कारोबारको लकर’ समेत भनिन्छ। उनी प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको अमेरिका भ्रमणको क्रममा विरोध कार्यक्रमको नेतृत्व गर्ने लगायतको गतिविधिमा समेत संलग्न रहेको खुलेको थियो।
यो पनि,