रवि लामिछानेविरुद्ध हुण्डी कारोवारमा पनि अनुशन्धान हुने

काठमाडौँ– सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि हुण्डी कारोवारमा पनि अनुसन्धान हुने भएको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) बाट पनि अमेरिकामा रकम आदान–प्रदान गरेको विषयमा अनुसन्धान हुन लागेको हो। ‘लामिछानेको बैंक खातामा जम्मा भएको रकमको परिणाम ठुलो छ। तर त्यो रकम निकालेर खर्च भएको ठाउँ देखिएको छैन।’ प्रहरी उच्च स्रोतले भन्यो।

लामिछानेको खातामा जम्मा भएको रकम पारिवारिक समस्या सुल्झाउन गैरकानुनी रूपमा अमेरिका पठाएको हुनसक्ने प्रहरीको अनुमान छ। अमेरिकामा घरको किस्ता तिर्न लामिछानेले नियमित रकम पठाउने गरेको विषय पूर्वपत्नी इशा लामिछानेले पनि खुलाएकी थिईन।

५ वर्षअघि इशाले लेखेको एउटा लेखमा त्यो कुरा खुलाएकी थिईन। रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले पनि यो कुराको पुष्टि हुने गरी सार्वजनिक अभिब्यक्ति दिएका थिए। उनले लामिछानेलाई अमेरिकामा रहेका मोहन थापाले हुन्डीमार्फत रकम पठाउने गरेको वताएका थिए।

यो विषयमा सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ। कास्की प्रहरीले लामिछानेको सबै सम्पत्ति रोक्का राख्न बैंकलाई पत्राचार गरिसकेको छ। तर, यो विषयमा प्रहरी औपचारिक रूपमा बोल्न चाहेको छैन।

सहकारी ठगी, संगठित अपराध, सम्पत्ति सुद्धिकरण हुँदै हुण्डी कारोवारमा पनि अनुसन्धान हुन लागेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी भईरहेको छ। काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले लामिछानेका व्यापारिक साझेदार एवं स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जिबी राई र अर्का साझेदार छविलाल जोशीसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट