झापामा खुकुरी प्रहार गरी एक जनाको हत्या, २ जना पक्राउ

दमक– झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा मंगलबार बिहान ३६ वर्षीय फूर्वा तामाङको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

झापा प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, बिर्तामोड–७ का २८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राई हत्या आरोपमा पक्राउ परेका हुन्। प्रहरी अनुसन्धानमा उनीहरूको साथबाट घटनामा प्रयोग भएको खुकुरी र बसिला बरामद भएको छ।

हालसम्म, हत्या किन भएको भन्ने स्पष्ट कारण खुल्न सकेको छैन। स्थानीयवासीले बिहानै मानिस चिच्याएको सुनेपछि घटनास्थलमा पुग्दा तामाङको शव भेटिएको थियो। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्दैछ।

दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट