कपडा काट्ने कैची प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
महोत्तरी— महोत्तरीको औरही नगरपालिका–६, बैरियामा २५ वर्षीया कविता चौधरीको निर्मम हत्या भएको छ। कपडा काट्ने कैंचीले प्रहार गरी श्रीमान् मनोजकुमार चौधरीले उनको हत्या गरेका हुन।
चौधरीले पत्नीमाथि लगातार कैचि प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार कविताको छाती, घाँटी र पिठ्यूसहित शरीरका विभिन्न भागमा गहिरो घाउ लागेको थियो। अत्याधिक रक्तस्राव भएपछि उनलाई तुरुन्तै पर्सास्थित जानकी एकेडेमी अस्पताल पु¥याए पुर्याईएको थियो।
त्यहाँ चिकित्सकहरूले कवितालाई मृत घोषणा गरेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानले घरेलु विवादपछि घट्ना भएकोे आशंका छ।
हत्या आरोपित चौधरीलाई गौशाला प्रहरीको हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भाई छ। स्थानीयवासीका अनुसार परिवारभित्र समय–समयमा विवाद देखिँदै आएको थियो। तर यस्तो क्रूर रूप लिने अनुमान कसैले पनि गरेका थिएनन्।
प्रहरी अनुसन्धानपछि हत्या कसरी र किन भयो भन्ने स्पष्ट हुने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

