इरानमा हिजाबबिना गीत गाउँने गायिकालाई ७४ कोर्रा हान्न अदालतको आदेश

काठमाडौँ– इरानमा सांगीतिक प्रस्तुति र अभिव्यक्ति स्वतन्त्रतामाथिको सरकारी नियन्त्रणबारे फेरि बहस चर्किएको छ। हिजाब नलगाई सार्वजनिक रूपमा गीत प्रस्तुत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि इरानी गायिका परस्तु अहमदी र ‘कारवान्सराय कन्सर्ट’सँग आबद्ध अन्य आठ जनालाई अदालतले ७४–७४ कोर्रा हान्ने सजाय सुनाएको छ।

सजायसँगै उनीहरूलाई दुई वर्षसम्म विदेश यात्रा गर्न र कलासम्बन्धी गतिविधिमा संलग्न हुनसमेत रोक लगाइएको छ। बीबीसीका अनुसार कÞोम प्रान्तस्थित अदालतले इस्लामी कानुनका प्रावधान उद्धृत गर्दै उक्त फैसला गरेको हो। अदालतले आफ्नो निर्णय सार्वजनिक सञ्चारमाध्यममा समेत प्रकाशित गरिने उल्लेख गरेको छ।

अदालतले अभियुक्तहरूलाई इन्टरनेटमार्फत ‘अनुचित र अश्लील सामग्री’ प्रसारण गरी सार्वजनिक शालीनता र नैतिक मान्यतामा असर पु¥याएको आरोपमा दोषी ठहर गरेको जनाएको छ। विवादको केन्द्रमा रहेको ‘कारवान्सराय कन्सर्ट’को भिडियो डिसेम्बर २०२४ मा परस्तु अहमदीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।

भिडियोमा उनी हिजाबबिनै गीत गाइरहेको देखिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो। सार्वजनिक भएको केही घण्टामै भिडियोले एक लाखभन्दा बढी भ्युज बटुलेको थियो भने हालसम्म यसलाई करिब ३० लाख पटक हेरिएको बताइएको छ।

इरानमा महिलाको पोशाक, सांगीतिक प्रस्तुति र सार्वजनिक गतिविधिसम्बन्धी कडा कानुनी व्यवस्था लामो समयदेखि विवादको विषय बन्दै आएको छ। पछिल्लो सजायले सांस्कृतिक अभिव्यक्ति र व्यक्तिगत स्वतन्त्रतामाथि राज्यको हस्तक्षेपबारे अन्तर्राष्ट्रिय स्तरमा पुनः चासो बढाएको छ।

यता, इरान क्षेत्रीय तनाव र अमेरिकासँगको बढ्दो द्वन्द्वको पृष्ठभूमिमा रहेकै बेला आएको यो अदालतको फैसलाले देशभित्र नागरिक स्वतन्त्रता र सांस्कृतिक अधिकारबारे नयाँ बहस जन्माएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट