रक्सी खाएर अरुलाई गाली नगर्न सम्झाउँदा आफन्तबाटै मारिईन ‘प्यारी’

काठमाण्डौं– दाङको घोराही उपमहानगरपालिका– ८, बेलुवाकी ५० वर्षीया प्यारी चौधरीको हत्यामा संलग्न मृतककै एक जना आफन्तलाई प्रहरीले पक्राउ गरेको छ। गत १७ जेठको दिउँसो प्यारी घरमै मृत अवस्थामा फेला परेकी थिईन।

उनको हत्या आरोपमा स्थानीय ४६ वर्षीय बालाराम चौधरी पक्राउ परेका छन्। प्रहरीका अनुसार बालाराम मृतकका आफन्त हुन्। घट्नाको अनुशन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले वताए।

प्यारीको मृत्यु भएपछि पोष्टमार्टम गर्दा घाँटी थिचेर हत्या भएको देखिएको थियो। त्यसपछि प्रहरीले संलग्नहरूको खोजी सुरू गर्यो। शंकास्पद ब्यक्तिका रुपमा प्रहरीले बालारामलाई पनि सोधपुछका लागि बोलायो। त्यस क्रममा प्यारीको हत्या आफूले गरेको उनले स्वीकार गरेका छन्।

डीएसपी मल्लका अनुसार हत्याको दिन प्यारी घरमा एक्लै थिइन्। उनका श्रीमानले दोस्रो विवाह गरेर अर्की श्रीमतीसँग वस्दै आएका छन्। एउटा छोरा छुट्टिएर बसेका छन् भने उनीसँग बस्ने अर्को छोरा त्यसदिन काम विशेषले जिल्लाबाहिर गएका थिए।

यता, बालाराम मदिरा सेवनपछि गाउँमा झगडा गर्दै हिँड्थे। मदिराकै कारण प्यारीसँग पनि सामान्य विवाद भएको थियो। ‘रक्सी खाएर अरूलाई गाली गर्ने ?’ भन्दै प्यारीले उनलाई हप्काएकी थिईन। सोही रिसले राती गएर मारेको बालाले बयान दिएका छन्। रातको समयमा गएर घरको एक कुनामा लगी घाँटी थिचेर मारेको उनको भनाई छ। हयापछि पुनः ओछ्यानमै लगेर सुताई दिएको पनि उनले वताएका छन्।

घटनास्थलमा प्यारीलाई घिसारिएको स्पष्ट संकेतहरू फेला परेको डीएसपी मल्लले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट