एसियाडको सेफ दि मिसनमा परिषदका सदस्य सचिव टंकलाल घिसिङ नियुक्त

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई नियुक्त गरेको छ।

सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियन गेम्सको सेफ दि मिसनमा घिसिङलाई नियुक्त गरेको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नेपालको डेपुटी सेफ द मिसनमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र परिषद्को बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त गरेको छ ।

बैठकले ओलम्पिक बडा पत्रको धारा २७ र २८ को उपधारा ४ र ५ अनुसार निर्णय गरेको हो ।

प्रतियोगिताका सहभागी हुने खेलाडी, पदाधिकारी र अरू सदस्य सेफ दि मिसनको जिम्मेवारीमा रहने गर्छ । प्रतियोगिताका क्रममा सेफ दि मिसन खेलाडी भिलेजमा बस्नु पर्ने र तिनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटलमा पनि हुने गर्छ ।

बैठकले प्रतियोगितामा सहभागी हुने खेल तथा त्यसमा सहभागी हुने खेलाडी संख्याको पनि अन्तिम निर्णय गरेको छ । १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीका सहभागिता रहने छ ।

नेपालका तर्फबाट आर्चरीमा ४, एथलेटिक्समा ८, बास्केटबलमा ४, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३, फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट