संसदमा दर्ता भएको शिक्षा विधेयकमा यस्तो छ नयाँ व्यवस्था (पूर्णपाठ)

काठमाण्डौं– लामो समयदेखि रोकिएर बसेको विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले प्रतिनिधि सभामा दर्ता गराएका छन्।
साउन १६ गतेको नै मन्त्रिपरिषद् बैठकले शिक्षा विधेयक संसदमा पेश गर्न स्वीकृत दिएको थियो। सो निर्णय सँगै मन्त्री राईले वुधवार प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता गराएका हुन।
विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था तथा विद्यालयको प्रधानाध्यापकको छनोटसम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संरचनामा शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र प्रत्येक जिल्लामा शिक्षा कार्यालय रहने व्यवस्था गरिएको छ।
प्रतिक्रिया