तीनकुने हत्याकाण्डका अपराधी भनिएको ब्यक्ति निर्दोश, अपराध अर्कैले स्विकारे

काठमाण्डौं– काठमाण्डौंको तीनकुने हत्याकाण्डमा संलग्न भएको प्रचार गरिएका दीपेन्द्र राईलाई प्रहरीले निर्दोश भन्दै रिहा गर्ने तयारी गरेको छ। घट्नामा संलग्न ब्यक्ति पक्राउ परेको र उनले अपराध स्विकार गरिसकेकाले दिपेन्द्रलाई छोड्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार दिपेन्द्रलाई आफन्तको जिम्मामा छाड्ने तयारी भएको छ।

शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्या भएको खवर लिएर प्रहरी कार्यालय पुगेका दिपेन्द्रलाई हत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेर राखेको थियो। सःमिलमा ५६ वर्षका पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल, पूर्णबहादुरकी आमा ७६ वर्षकी शुभद्रा भुजेल र मोरङका १९ वर्षिय नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

घटनापछि दीपेन्द्र राई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरी कार्यालयमा नै पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर आइतबार प्रहरीले सीसीटीभी फुटेजका आधारमा पेप्सीकोलाबाट सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।

सञ्जयले आफ्नो नवीन राईसँग रिसइबी रहेको र उनको हत्यापछि घटना खुल्ने डरले अरुको पनि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनको वयापछि दीपेन्द्रको संलग्नता नदेखिएकाले रिहा गर्न लागिएको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट