कोशी ग्याँसको सिलप्याक सिलिन्डर रित्तो, ठगी आरोपमा उद्योगलाई २ लाख जरिवाना
विराटनगर– सिलप्याक सिलिन्डरमा ग्याँस नभएको भेटिएपछि कोशी ग्याँस कम्पनीलाई उपभोक्ता ठगी गरेको आरोपमा २ लाख जरिवाना गरिएको छ। वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले उद्योगलाई जरिवाना गरेको हो।
मोरङको बुढीगंगा गाउँपालिका–४, नेमुवास्थित कोशी ग्यास उद्योगले बिक्रीका लागि बजारमा पठाएको सिलप्याक सिलिण्डर विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेकी थिईन् ।
विराटनगर १० मा रहेको न्यू हिमाल मार्केटिङ्गले रिक्सामा हालेर विक्रिका लागि गाउँ पठाएको सिलिन्डर अन्जनाले खरिद गरेकी थिईन। दुई महिनाअघि एकै पटक लिएका ३ वटा सिलेन्डर मध्ये दुई वटाको ग्याँस रित्तिएपछि उनले अर्को सिलेन्डरमा खोलिन ।
१५ केजी ४ सय ग्रामको सिलेन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, ग्याँस नभएको पाईएपछि उनी आश्चर्यमा परिन। यसको जानकारी वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले पायो। त्यसपछि निमित्त प्रमुख हितेश बस्नेत सहित जिल्ला प्रशासन कार्यलय मोरङ, गुणस्तर तथा नापतौल कार्यलय र संचारकर्मीको टोलीले आइतबार उद्योगको निरीक्षण गरेको थियो ।
निरिक्षणका क्रममा उद्योगबाट कैफियत भेटिएपछि कारवाही स्वरुप दुई लाख रुपैयाँ जरिवना गरिएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख हितेश बस्नेतले जानकारी दिए।
कोशी ग्याँस उद्योगका प्रबन्धक सचित कुमार उपाध्यायले भने उद्योगबाट कुनै पनि गलत नभएको दावी गरे।