एनआईसी एसिया बैंकबाट निकालेको साढे ६ लाख घरै नपुर्याई लुटपाट
जनकपुर– महोत्तरीको गौशाला स्थित एनआईसी एसिया बैंकबाट ६ लाख ३६ हजार रुपैयाँ निकालेर घर जाँदै गरेका एक दम्पत्ति बाटैमा लुटिएका छन्।
गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमतीले बैंकबाट झिकेको उक्त पैसा अज्ञात व्यक्तिले बाटोमै लुटेका हुन।
ओखलढुंगामा रहेका ज्वाइँले महतोलाई वैंकमा रकम पठाएका थिए। उनी पैसा निकालेर घर जाँदै गर्दा मोटरसाइकलमा सवार एक युवकले झुक्याएर रकम लुटेको प्रहरीले जनाएको छ। ति युवक हालसम्म फरार रहेको महोत्तरीका डीएसपी दीलिपकुमार गिरीले बताए।
‘घर फर्किने क्रममा गौशाला बजारबाट थोरै पर गएपछि एकजना मान्छेले म बैंकको मान्छु हुँ एउटा सिग्नेचर छुटेछ, बैंक जानुप-यो भनेर महतोलाई बाइकमा चढाएर बैंकनजिक पु-याएछ,’ उनले भने, ‘तपाईंको श्रीमतीलाई लिएर पनि आउँछु भनेर त्यो मान्छे फर्कियो। पैसा श्रीमतीको झोलामा थियो। पछि झोला लिएर ऊ भागेछ।’
गिरीका अनुसार लुटेरा सवार मोटरसाइकलको नम्बर पहिचान भइसकेकाले उनको खोजी तिव्र पारिएको गरिले बताए।