डाक्टर कुटिएको घट्नामा ‘प्रहरीको सनक’ले थप अशान्त भयो मणिपाल अस्पताल

पोखरा– गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।

चिकित्सकहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरुको बैठक बोलाएर संलग्नहरुलाई कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालय स्रोतले जनायो ।

यता, मणिपाल अस्पतालको घट्नालाई उत्कर्षमा पुर्याउन भने प्रहरीको ‘सनक’ ले पनि काम गरेको पाईएको छ। घटनालाई उत्तेजित बनाउन प्रहरीले नै भुमिका खेलेको भन्दै अहिले अहिले सामाजिक सञ्जालमा भिडिओहरु पोष्ट भईरहेका छन्।

घट्नाक्रम अनुसार सोमबार डाक्टरलको लापरवाहीका कारण विरामीको मृत्यु भन्दै आफन्तले डाक्टरमाथि हातपात गरे। डाक्टरमाथि हातपात भएलगत्तै पीडित पक्ष र मणिपालका डाक्टरहरुबीच झडप भयो।

बिरामीका आफन्तले भुइँतलाबाट तेस्रो तलामा ढुंगा, बोतल, हेल्मेट प्रहार गरे भने डाक्टरहरूले पनि दोस्रो तलामा रहेको क्याफेबाट गमला, ढुंगाले उनीहरुमाथि आक्रमण गरे। स्थितीलाई नियन्त्रणमा लिन पुगेको प्रहरी तेस्रो तलामा पुग्यो।

यस क्रममा प्रहरी र डाक्टरबीच नै धकेलाधकेल भयो। अस्पतालमा झडप भएको जानकारी पाएपछि फिस्टेल अस्पतालमा कार्यरत नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्षसमेत रहेका डा.दीनेशकुमार बिक पनि मणिपाल अस्पताल पुगे।

उनी त्यहाँ पुग्दा आन्दोलन सामान्य वन्दै थियो। त्यत्तिकैमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका इन्स्पेक्टर मदन श्रेष्ठ त्यहाँ पुगे। उनले विरामीका आफन्त सबैलाई बस्न इशारा गर्दै भने, ‘मैले साफ चुटेर आको छु (अपशब्द बोल्दै) सबलाई ढुटो बनाएर रगतै–रगत बनाएर आएको छु।’

उनले डा. विकलाई कुटेको बारे त्यहाँ जानकारी गराएका हुन। उनको कुटपिटबाट विक सामान्य घाइत भएका छन्। कुटपिटपछि पनि उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याईयो। प्रहरीले डाक्टरलाई नै कुटपिट गर्नु र उल्टै नियन्त्रण लिनुले अहिले मणिपाल अस्पतालसहित देशैभरका डाक्टर अशान्त छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट