पूर्व आईजिपीका पीएसओले बोक्ने पेस्तोलको गोली उनकै श्रीमतीको कोखामा

काठमाण्डौं– नेपाल प्रहरीका पूर्व आईजीपी ध्रुब बहादुर प्रधानको सुरक्षामा खटिएका (पीएसओ) लक्ष्मण चौधरीकी पत्नी सर्मिलालाई गोली लागेको छ। प्रहरीले उनलाई सोमवार काठमाडौँ–४, पञ्चकन्या स्थित उनकै डेराबाट गोली लागेर घाईते अवस्थामा उद्वार गरेको हो।

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । एसपी ढुंगेलका अनुसार सर्मिलाको कोखामा गोली लागेको छ ।

पीएसओले बोक्ने पेस्तोलबाट सर्मिला आफैंले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटना हुँदा असई लक्ष्मण डेरामा नभएको र सर्मिला मात्रै रहनुले उनी स्वयमले गोली चलाएको प्रहरीको अनुमान गरेको हो।

घटनाबारे प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापा नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको एसपी ढुंगेलले वताए। सर्मिलाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट