हिरासतबाट आईतेबार नै कसरी छुटे नायक अनमोल केसी

काठमाडौं– ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । प्रहरीका अनुसार उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाईएको छ।

जिल्ला अदालतले उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। पक्राउ गरेको मितिदेखि मिलान गरेर उनलाई हिरासतमुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

काभ्रेको साँगाबा शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसी अब प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ। तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।

पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए। शनिबार दिनभर अस्पतालमै बसेका उनलाई आइतबार प्रहरी परिसर टेकु लगिएको थियो। टेकुमा प्रहरीसँगको सोधपुछपछि उनलाई जिल्ला अदालत काठमाडौं पु¥याइएको थियो।

उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। टेकुमा उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका थिए।

तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातातमा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स तयार नभएको उनले बताएका थिए।

अनमोलले आफ्नो खातामा आएको १० लाख फिर्ता दिन खोज्दा निर्माता पक्षले लैजान अस्वीकार गरेको अवस्थामा आफूविरुद्ध उल्टै अन्याय गरिएको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट