प्रहरीकै पेट्रोल पम्पमा एक करोड वढिको घोटाला, असई दोषी ठहर

काठमाडौं– नेपाल प्रहरीले संचालन गरेको पेट्रोल पम्पमा एक करोड बढी घोटाला भएको पुष्टि भएको छ।

घोटालाको आरोप लागेका असई दिलिप कार्की अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार दोषी ठहर हुने फैसला सुनाएको हो ।

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷७६ मा कार्कीले एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ घोटाला गरेको आरोप लागेको थियो ।

कार्कीलाई हुन सजाय निर्धारण हुन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *