विवादास्पद धर्मगुरु श्रीनिवास विरुद्ध धनुषा प्रशासनमा मुद्दा, गल्ति बोलेको स्विकार

जनकपुर- उत्तेजित अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको हो। धनुषाका प्रहरीका डीएसपी रञ्जन अवाले मुद्दा दर्ता भएको वताए।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो भने बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो ।

उनले असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए–‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’

जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि ल्याइएको प्रहरीले जनाएको छ । श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरी समक्ष स्वीकार गरेको डीएसपी अवाको भनाइ छ ।

‘म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ’ उनले प्रहरी समक्ष भनेका छन्–‘कमिला पनि नमार्ने मान्छे म, के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ।’

यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट