भारतीय प्रधानमन्त्री मोदीले नेपालको अतिक्रमित क्षेत्र कालापानी पुगेर गरे शंखघोष

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वतको दर्शन गर्न जाने क्रममा विहिवार नेपालको अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा पुगेर शंख फुगेका छन्। उनी नेपाली भूमिमा रहेको कुरा नेपाललाई जानकारी गराईएको छैन।

मोदी विहान ८ वजे हेलिकप्टरबाट नेपाली भूमि कुटीस्थित जोलिङकोङ उत्रिएका थिए। मोदीले जोलिङकोङमा पूजापाठ र कैलाश पर्वतको दर्शन गर्नेछन्।

कैलाश दर्शनपछि चुच्चे नक्सामा समेटिएको नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसँग छलफल गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यु, गब्र्याङ गाउँवासीसँग सामान्य छलफल गर्ने कार्यक्रम छ।

भारतले प्रधानमन्त्री मोदीको भ्रमणबारे औपचारिक जानकारी नदिइएको दार्चुलाका सीडीओ किरण जोशीले बताइन्। मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस फोर्स (आईटीबीपी), सशस्त्र सीमा बल (एसएसबी) र अन्य सुरक्षा निकायका अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाईएको छ।

मोदी मध्याह्न १२ बजे अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम छ।

भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ। नेपालको अनुमतिबिनै त्यस क्षेत्रमा भारतले सडक, बंकर, ब्यारेकलगायत सामरिक योजनाअन्तर्गतका पूर्वाधार पनि बनाइरहेको छ।


प्रतिक्रिया

One thought on “भारतीय प्रधानमन्त्री मोदीले नेपालको अतिक्रमित क्षेत्र कालापानी पुगेर गरे शंखघोष

  1. सरे देउवा, परचनदे हत्यारा माओवादी को रास्ट्रबाद ,देस विकास यहि हो नि हैन त??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट