अन्तरदेशीय अपराधी चार्ल्स शोभराज र सुन तस्कर गोरेलाई राखेको गोलघरमा कसरी पुगे सञ्जय भण्डारी ?

काठमाडौं– काठमाडौं तीनकुने स्थित दिब्य समिलमा चार जनाको पासविक हत्या गरेको अभियोग लागेका सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई अदालतको आदेशपछि सिधै सुन्धारास्थित कारागारको गोलघरमा पुर्याईएको छ।

जिल्ला अदालत काठमाडौंले शुक्रबार भण्डारीलाई कारागार चलान गर्ने आदेश दिएको थियो। त्यसपछि उनलाई जेलको पनि जेल भनेर चिनिने गोलघरमा राखिएको छ सुन्धारा कारागारका जेलर ललितकुमार बस्नेतका अनुसार भण्डारीलाई कारगार ऐन २०५९ को दफा १८ अनुसार गोलघरमा राखिएको हो।

उक्त दफामा क्रुर यातना वा पासबिक ढंगले हत्या गरेको कसुरमा आजीवन काराबास हुने उल्लेख छ। भण्डारीलाई सोहीबमोजिम आजीवन कैद माग गरी मुद्दा दायर गरिएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले भण्डारीलाई जिवित रहेसम्म कारागारमा राख्न माग गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा अदालतले शुक्रबार सुनुवाई गर्दै भण्डारीलाई कारागार चलान गर्ने आदेश दिएपछि गोल घर लगिएको हो। जानकारहरुका अनुसार गोलघर जघन्य अपराधमा कारागार चलान गरिएका अपराधीहरूलाई राखिने ठाउँ हो।

त्यहाँ खासगरी तीन किसिमका अपराधीलाई राख्ने गरिन्छ। आफैंलाई असुरक्षा हुने डर भएका, अन्य अपराध गर्न सक्ने सम्भावना भएका र जेलभित्रबाटै बाहिरका आपराधिक समूह सञ्चालन गर्न सक्ने सम्भावना भएकाहरुलाई विशिष्ठ किसिमले राखिने ठाउँ गोलघर हो। पञ्चायतकालमा राजनीतिक नेताहरूलाई गोलघरमा राखिन्थ्यो।

गोलघरमा भण्डारीसहित अहिले पाँच जना अपराधी छन्। साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा जेल चलान भएका मोरङ उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’ पनि गोलघरमै थिए भने अन्तरदेशीय अपराधमा संलग्न चार्ल्स शोभराजलाई घोलघरमै राखिएको थियो। शोभराज छुटिसकेका छन् भने ‘गोरे’लाई सामान्य अवस्थामा फर्केपछि गोलघरबाट सारिएको छ।

भण्डारी बोल्न सक्दैनन्। तर, उनले यी चार जनाबाहेक अन्य ६ जनाको हत्या गरिसकेको बयान दिदै अनुशन्धान गरेर पुष्टि गर्न प्रहरीलाई चुनौती दिएका थिए। उनले बयानमा भनेका छन्, ‘सामाजिक विभेदका कारण म निर्दयी छु, कसैप्रति माया ममता जाग्दैन, विगतमा पनि यस्ता घटना गरेको हुनाले मैले हत्यापछि घटनास्थलमा प्रवेश गरेको पहिलो कोठामा गएर आराम गरेँ, आराम गर्दा केही समय निदाएँ, खासै असहज महसुस गरिनँ ।’

उनले हत्या गरेका अन्य ६ जना को–को थिए भनी प्रहरीले भण्डारीमाथि अनुसन्धान ग¥यो। तर, उनले अन्य हत्याको विवरण स्पष्ट खुलाउन सकेनन्। त्यसपछि प्रहरीले उनको मानसिक सन्तुलनबारे पनि अनुसन्धान ग¥यो। ‘ब्रेन म्यापिङ’ गर्दा उनको मानसिक अवस्था सामान्य देखियो। नेपालमै पहिलोपटक प्रहरीले जघन्य अपराधमा संलग्न भण्डारीको ‘ब्रेन म्यापिङ’ गरेको थियो।

घट्ना भएको दुई दिनपछि पक्राउ परेका भण्डारीले नवीन भनिने विशाल राई, दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का पूर्णबहादुर भुजेल (कुमार), उनीकी बुढीआमा शुभद्रा र श्रीमती अम्बिकाको हत्या गरेक थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट