भद्रगोल जेलबाट खाडको चेतावनीः सवैसँग वदला लिन्छु, मञ्जुको फुर्ती उस्तै

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृह मन्त्री बालकृष्ण खाण असार १ गतेदेखि सुन्धारास्थित केन्द्रीय कारागारको भद्र जेलमा छन। जेलभित्र छिर्दै गर्दा बरर्र आँसु झारेका उनी सुँक–सुँक गर्दै भित्र पसेका थिए।

अहिले खाणलाई भेट्न पत्नी मञ्जु प्रायः गइरहन्छिन्। पार्टीका नेता/कार्यकर्ता पनि उनलाई भेट्न बाग्लै जेल जाने गरेका छन्।

जेलमा खाण अत्यन्त निराश छन्। उनी कारागारका अरूसँग गफगाफ गर्दैनन्। कारागारका कर्मचारी र सुरक्षाकर्मीसँग भने कहिलेकाहीँ कुरा गर्ने गरेका छन्। त्यो कुराकानीमा उनले अदालतप्रति असन्तुष्टि ब्यक्त गर्ने गरेका छन्।

तत्कालको आफनो प्रगति र भविष्यमा माथिल्लै तहसम्म पुग्ने लक्षण देखिन थालेपछि सुनियोजित रुपमा आफुलाई फसाईएको उनको गुनासो छ। ‘कांग्रेस सभापति र प्रधानमन्त्रीसम्म हुन सक्ने भएकाले यत्तिकै फसाइयो’ उनले गफगाफमा भन्ने गरेका छन्–‘मैले केही गरेको छैन। अदालतले मलाई त्यत्तिकै यहाँ पठायो। निस्किएर बदला लिन्छु।’

यता, खाण पत्नि मन्जुको भने रवाफमा कुनै कमि नभएको जेलका प्रहरी कर्मचारीहरु वताउँछन्। पतिलाई भेट्न जाँदा समेत उनले जवर्जस्ति र धम्कीको पारा देखाउने गरेको उनीहरुको भनाई छ। ‘हामीले प्रक्रिया पूरा गरेर मात्र बन्दीलाई भेट्न पठाउनुपर्ने हुन्छ’ उनीहरु भन्छन्–‘तर, उहाँले म पूर्वगृहमन्त्रीको श्रीमती हुँ भन्दै धम्क्याउन अझै छोड्नु भएको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट