दीपकराज गिरी भन्छन्ः केपी ओली मँ भन्दा ठुलो ब्यंग्यकार हुन

काठमाडौं– अभिनेता दीपकराज गिरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफुभन्दा ठुलो ब्यंग्यकार भएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता गिरीले ओलीमा ब्यंग्को चेत भएको बताएका हुन। धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरे पनि ओली समायानुकूल आफूलाई परिवर्तन गर्न सक्ने क्षमताको नेता भएको गिरीले बताए ।

‘धेरै नेताहरूले आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु । तर, केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन हुँदै जाने खुबी छ । उहाँमा सबै किसिमको ज्ञान छ । उहाँका पोस्ट र व्यक्तिगत रूपमा भेट्दा पनि राम्रो लाग्छ ।’ उनी भन्छन्–‘आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ। हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दा पनि ठूलो हास्यव्यंग्यकर्मी केपी ओली हो । व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’

अभिनेता गिरीले अध्यक्ष ओली आफूभन्दा पनि बढी व्यंग्यकार भएको बताए । ओलीमा जस्तै नेपाली चलचित्रलाई पनि समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट