त्रिकोणात्मक सिरिजको भोली हुने पहिलो खेलमा नेपाल र यूएईको प्रतिस्पर्धा

काठमाडौं– नेपाल, युनाइटेड अरब इमिरेट्स (यूएई) र हङकङसम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज बुधवारबाट सुरु हुँदैछ ।
काठमाडौंमा हुने सिरिजको पहिलो खेलमा नेपालले बुधवार यूएईविरुद्ध खेल्नेछ । नेपाल र यूएईबीचको खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १ बजेबाट सुरु हुनेछ ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअघि तयारीस्वरुप नेपालले यो सिरिज आयोजना गरेको हो ।
सिरिजको दोस्रो खेलमा नेपालले बिहीबार हङकङविरुद्ध खेल्नेछ । नेपालले तेस्रो खेल पनि हङकङविरुद्ध शनिबार तथा चौँथोँ खेल यूएईविरुद्ध सोमबार हुनेछ।
प्रतिक्रिया