एक्स (ट्वीटर) मा नयाँ अकाउन्ट बनाउनेले वर्षमा एक डलर तिर्नुपर्ने

काठमाडौं– एक्स अर्थात् पहिलेको ट्विटरको नयाँ प्रयोगकर्ताले एक वर्षका लागि एक अमेरिकी डलर तिर्नुपर्ने फिचर ल्याएको छ ।

एक्सले न्युजिल्यान्ड र फिलिपिन्समा वेबसाइटमार्फत नयाँ अकाउन्ट चलाउनेहरूका लागि शुल्क तिर्नुपर्ने नीति ल्याएको हो ।

कम्पनीले फेक अकाउन्ट एवं बटमहरू बन्द गर्नका लागि यो कदम चालेको बताएको छ । तर, यी दुई देशमा मात्रै किन सुरु ग¥यो र वेबसाइटबाट चलाउने नयाँ प्रयोगकर्ताका लागि मात्रै हो या मोबाइलबाट चलाउनेका लागि पनि हो भन्ने कुरा खुलाएको छैन ।

तर, एक्समा यी दुई ठाउँबाट सबैभन्दा बढी फेक अकाउन्ट हुनसक्ने र वेबसाइटबाट बढी बटम बन्ने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

पैसा नतिरेको नयाँ अकाउन्टले यी देशमा पोस्ट पढ्न सक्ने र भिडियोहरु हेर्न सक्नेछन् । तर, रिट्विट गर्न, पोस्ट लेख्न, रिप्लाई गर्न र रिपोस्ट गर्नेजस्ता सुविधाका लागि भने एक डलर तिर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट