कार्यालयमै थुनिए डाकनेश्वरीका मेयर, सीके राउतका कार्यकर्ताद्वारा पत्रकारमाथि हातपात

राजविराज– पोखरी ठेक्को विषयमा असन्तुष्टि जनाउँदै सप्तरीको डाकनेस्वरी नगरपालिकाका सर्वसाधारण मेयर रामलखन मलाहविरुद्ध आन्दोलनमा उत्रिएका छन्।

वडा नं. ६ को पोखरी ठेक्को विषयमा असन्तुष्टि जनाउँदै सर्वसाधारणले सुरु गरेको प्रदर्शनका कारण मेयर मलाह मध्यान्हदेखि नै कार्यालयमै थुनिएको जनाईएको छ। सर्वसाधारणले उनलाई घेरेर राखेको र कार्यालय वाहिर निस्कन नदिएको स्थानीयले बताए।

कार्यालय अगाडि जम्मा भएका सर्वसाधारणले टायर बालेर नाराजुलुससहित प्रदर्शन गरिरहेका छन्। सुरक्षाका लागि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

मेयर मलाहले भने आफु कार्यालयभित्रै रहेको आन्दोलनरत नागरिकहरुसँग वार्ता गरिरहेको वताए।

यता आन्दोलनको मौका पारेर जनमत पार्टीका केही कार्याकर्ताले पत्रकारमाथि हातपात गरेका छन्। प्रदर्शका रिपोर्टिङ गर्न गएका पत्रकार सञ्जिव विक्रम साहमाथि राउतका स्थानीय कार्यकर्ताहरु अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेको नेपाल पत्रकार महासंघ सप्तरीले जनाएको छ।

महासंघ सप्तरी शाखाले घट्नाको भर्त्सना गरेको छ। प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको महासंघले जनाएको छ। ‘रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना गर्दछौं । यो घट्नाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको हाम्रो ठहर छ’ महासंघले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘पत्रकार साहमाथि हातपात गर्ने दुबैलाई कानुन बमोजिम कार्वाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौं । कार्वाही नगरिए हामी आन्दोलनमा उत्रने जानकारी गराउँदछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट