टी–२० शृंखलाको आजको खेलमा यूएई नेपालसँग ५ विकेटले पराजित

काठमाडौं– त्रिकोणात्मक टी–२० शुंखलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा पुरा गरेको छ।

नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे भने कप्तान रोहित पौडेल ४७ रन बनाए। दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे ।

आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । कुशल भुर्तेल १, सोमपाल कामी २ र कुशल मल्ल शून्यमै आउट भए ।

यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५ ÷४५ रन बनाए भने आसिफ खान १८, खालिद शाह १२, अलिशान शराफु ९, अल नासिर ९ र मोहम्मद वासिम ८ रन बनाएर आउट भए ।

निलान्स केश्वानी ८ र अकिफ राजा ५ रनमा अविजित रहे ।

नेपालका सोमपाल कामी र अविनाश बोहोराले २÷२ विकेट लिए भने करण केसी र गुल्शन झाले एक÷एक विकेट लिए ।

शृंखलामा नेपाल यो खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो । हङकङसमेत सम्मिलित शृङखलामा नेपालले सतप्रतिशत जितसहित फाइनलसम्मको यात्रा तय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट