खुट्टा ढोग्न नमान्ने युवकलाई कुटेर हत्या गर्ने दुई जना पक्राउ

काठमाडौं– खुट्टा ढोग्न नमान्दा एक युवकको कुटेरै हत्या गरेको आरोप लागेका सल्यानको बागचौर नगरपालिका– ७ स्यालागाउँका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली पक्राउ परेका हुन।

उनीहरूले गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेर हत्या गरेका थिए। कार्तिक ४ गते गाउँको उपकार आधारभूत विद्यालयमा भएको भलिवल हेर्न गएका घनश्यामलाई केशरले ‘तेरो दाइलाई ढोग गर’ भन्दै आदेश दिएपछि घट्नाको सुरुवात भएको थियो।

घनश्यामले ‘मैले किन तपाईँलाई ढोग्नु, ढोग्दिनँ’ भन्दै जवाफ दिएपछि केशर र घनश्यामबिच हात हालाहाल भएको थियो । त्यसपछि केशर र सन्तोष मिलेर घनश्यामलाई कुटपिट गरेका थिए । घनश्यामको टाउको र शरीरको विभिन्न भागका चोट लागेको थियो।

घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैँको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पु¥याईयो। डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारत लगिएका घनश्यामको उपचारका क्रममा बुधवार उतै मृत्यु भएको थियो।

घट्नापछि केशर र सन्तोष दुवै फरार भएका थिए। केशरलाई बुधबार बेलुका बागचौर नगरपालिका –९, मौरीघारे परिलेखबाट र सन्तोषलाई दाङको तुल्सीपुर उपमहानगरपालिका –१२, रझेनाबाट पक्राउ गरिएको सल्यानका डीएसपी नवीन कार्कीले बताए।

दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कशुर मुद्दामा पक्राउ पुर्जी लिई इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखिएको छ। घटना भएको दिन केशर र सन्तोषले मादक पदार्थ सेवन गरेको पनि अनुसन्धानबाट खुलेको डीएसपी कार्कीले जानकारी दिए।

सम्वन्धित खबर

खुट्टा ढोग्न नमानेपछि २० वर्षिय युवकको कुटिकुटी हत्या, एक जना पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट