भारतले बनायो पुरुषका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि १३ वर्ष ढुक्क

नयाँ दिल्ली– भारतले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले ७ वर्षसम्मको अनुसन्धानपछि सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो।

अर्थात यो सुईले प्रयोगको अनुमति पाएको छ। यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको छ । यो सुईको नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स राखिएको छ।

समाचारअनुसार क्लिनिकल परीक्षणमा २५ वर्षदेखि ४० वर्षबीचका ३०३ जना स्वस्थ अनि सेक्सुअली एक्टिभ विवाहित पुरुष र तिनका पत्नीलाई समावेश गरिएको थियो । यी जोडीलाई भ्यासेक्टोमी वा स्केल्पल भ्यासेक्टोमीको आवश्यकता थियो । तर भ्यासेक्टोमी नगरी परीक्षणमा सहभागी पुरुषलाई ६० एमजी रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स इन्जेक्ट गरियो।

सुई गर्भधारण रोक्न ९९ दशमलव शून्य २ प्रतिशत प्रभावकारी भेटियो । एजुस्पर्मिया अर्थात् स्पर्म निष्कासनमा अवरोध गर्ने मामिलामा भने यो ९७ दशमलव ३ प्रतिशत प्रभावकारी पाइयो। यो गर्भनिरोधको सबैभन्दा प्रभावकारी विकल्प भएको अनि यसको साइड इफेक्ट पनि नरहेको आईसीएमआरले बताएको छ ।

एक पटक यो सुई लगाउँदा १३ वर्षसम्म गर्भधारणा रोक्न मद्दत मिल्ने बताइएको छ । परीक्षणको नतिजा गएको महिना एन्ड्रोलोजी जर्नलमा प्रकाशित भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट