महिला फुटबलरको ओठमा चुम्बन गर्ने स्पेनिस महासंघका पूर्वअध्यक्ष रुबियाल्सलाई तीन वर्षे प्रतिबन्ध

काठमाडौं– महिला फुटबलर जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेका स्पेनिस महासंघका पूर्वअध्यक्ष लुइस रुबियाल्सलाई फिफाले तीन वर्षको प्रतिवन्ध लगाएको छ। उनले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाउने छैनन्।

महिला विश्वकप २०२३ को फाइनलमा स्पेनले इङ्ल्यान्डमाथि जित हासिल गरेपछि रुबियाल्सले फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए। फरवार्ड हर्मोसोले सहमतिमा चुम्बन नभएको बताएपछि रुबियाल्सले सेप्टेम्बरमा आफ्नो भूमिकाबाट राजीनामा दिएका थिए।

हर्मोसोले पछि रुबियाल्स विरुद्ध कानुनी उजुरी दर्ता गराएकी थिइन्। सोमबार, विश्व प्रशासकीय निकाय फिफाले आफ्नो अनुशासन संहिताको धारा १३ उल्लङ्घन गरेको भन्दै तीन वर्षको प्रतिबन्धको घोषणा गरेको हो।

४६ वर्षीय रुबियाल्सले खेलपछिको समारोहमा चुम्बन ‘आपसी’ सहमतिमा भएको दाबी गरेका थिए। तर हर्मोसोले निरन्तर रूपमा अस्वीकार गरेकी थिइन्। यो घटनाले अष्ट्रेलियाको सिड्नीमा स्पेनको ऐतिहासिक जितलाई ओझेलमा पारेको थियो।

गत महिना, म्याड्रिडको राष्ट्रिय अदालतमा सुनुवाइले रुबियालेस विरुद्ध यौन दुर्व्यवहार र जबरजस्ती गरेको आपराधिक उजुरीलाई सुनुवाइ गरेको थियो। उनलाई पछि हर्मोसोको २०० मिटर भित्र जान प्रतिबन्ध लगाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट