विवाहेत्तर सम्वन्धको कारुणिक अन्त्यः राधाको दोहोरो प्रेमले प्रिन्सिपलको हत्या
कलैया– बाराको कलैया स्थित बोर्डिङ स्कुलका प्रिन्सिपल प्रिन्सिपल रूपेश स्वर्णकार (गुड्डु सर्राफ) को हत्यामा विवाहेत्तर सम्वन्ध प्रमुख कारण भएको खुलेको छ। उनकी प्रेमीका राधा गुप्ता हत्या घट्नाको केन्द्रमा देखिएकी छिन्।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी राधा गुप्ता रुपेशकी प्रमिका हुन। उनी मदरसा टोलमै बसोबास गर्छिन्। पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन्।
राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रिन्सिपल स्वर्णकार विवाहित हुन्। उनका श्रीमती र दुई छोरा छन्। केही समयअघि स्वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो।
मनोज पनि राधाका प्रेमी हुन्। राधा र प्रिन्सिपल स्वर्णकार बीचको सम्बन्ध बाहिरिएपछि मनोजकै जोडबलमा राधाले जागिर छाडेकी थिइन्। मनोजले स्वर्णकारलाई राधाको पिछा छाड्न भनेका थिए। तर स्वर्णकार नमानेको भन्दै उनीहरूकै योजनामा हत्या भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले स्वर्णकारको हत्यामा प्रेम सम्बन्ध प्रमुख कारण देखिएको वताए। एक प्रहरी अधिकृतका अनुसार हत्या गर्न भारतीय सुटरहरू समेत प्रयोग गरिएको आशंका छ।
सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेको थियो। प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए।
सम्बन्धित खबर