प्रेमिकाको तानातानमा बारामा प्रिन्सिपलको हत्याः प्रेमीकाका ब्वाईफ्रेन्डको योजनामा गोली प्रहार

कलैया– बाराको कलैया–६ स्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीन जना नेपाली र तीन जना भारतीय नागरिक छन्। बाराका प्रहरी डिएसपी दधिराम न्यौपानेका अनुसार पक्राउ पर्नेमा उनकै विद्यालयमा काम गर्ने २५ वर्षीया पूर्वशिक्षिकासमेत छिन्। उनी सर्राफकी प्रेमीका भएको अनुशन्धानबाट खुलेको छ।
पक्राउ परेकाहरुको नाम प्रहरीले हालसम्म पनि खुलाएको छैन। प्रहरीका अनुसार सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए। ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन्।
विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि रिलेसनसीपमा थिइन्। ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार प्रेसर गरेका थिए । तर, प्रेममा डुबेका सर्राफले प्रेमिका छाड्न मानेका थिएनन् ।
महिलाका अर्का प्रेमीले १३ साउन र २८ भदौ मा पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् । सर्राफ हत्यामा महिलाले भने दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी महिलाले अर्का प्रेमीले ‘कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने’ धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन्।
सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेको थियो। टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका सर्राफको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो।
मृतक सर्राफका १ नाबालिक छोरा, १ छोरी र श्रीमती छन्। कलैयाको मुख्य बजारको कलैया–बरियारपुर सडकमा पर्ने एक खाजा पसलबाट झोलामा खाजा किनेर बाइकमा झुन्ड्याएर विद्यालयतर्फ फर्किरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो।
नेपाल राष्ट्रिय मावि र हजारी ‘मार्केट’ को बीच सडकमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले व्यस्त सडकमै सर्राफमाथि गोली हानेको प्रत्यक्षदर्शीको भनाइ छ।
सम्बन्धित खबर