ओमानले गुमायो दुई विकेट, कश्यप प्रजापति र अबिक इल्यास आउट

काठमाडौं– टी–२० विश्वकप एसिया छनोटमा अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले ओमानसँग खेलिरहेको छ। टस जितेर पहिले बलिङ गरिरहेको नेपालले ओमानको २ विकेट लिएको छ।

ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ओभरको पाँचौ बलमा आउट गरे। केसीले विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन्।

यसैगरी, सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे। त्यतिबेला ओमानले २ विकेटको क्षतिमा २१ रन जोडेको थियो।

समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो । आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

टी–२० मा नेपाल र ओमान चार पटक आमनेसामने भएका छन्। ओमानमै भएका ४ खेलमध्ये तीन खेल नेपालले जित्दा ओमानले एक खेल जितेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट