मोवाईल स्विच अफ गरेर भाग्ने तयारीमा रहेका रिगल नेपालगञ्जबाट पक्राउ

नेपालगञ्ज– कैद माफी बदर गर्न सर्वोच्च अदालतको फैसलापछि मोवाईल अफ गरेर भाग्ने तयारीमा रहेका रिगल भनिने योगराज ढकाल नेपालगञ्जबाट पक्राउ परेका छन्।

६० प्रतिशत कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बिहीबार बदर गरेको केही घण्टामै उनी पक्राउ परेका हुन। नेपालगन्जस्थित सेतु बिक चोकबाट रिगललाई पक्राउ गरिएको डीएसपी नारायण डाँगीले पष्टि गरे।

सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा थिए। तर, फैसला अगाडिदेखि नै प्रहरीले उनको निगरानी गरिरहेको थियो। त्यसैले उनी भाग्न नपाएको डीएसपी डाँगीको भनाई छ।

सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गरेको कैद मिनाहलाई कानुन विपरित भएको ठहर गर्दै बदर गरिदिएको हो।

रिगलले २८ असार ०७२ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेका थिए। सो अपराधमा तीनै तहका अदालतबाट उनलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको थियो। तर, सरकारले कारागार नियमावली २०२० को दफा २९ को १ र १ (क) बमोजिम रिगललाई कैद मुक्त गर्ने निर्णय गरेको थियो।

त्यस विरुद्ध चेतनकी पत्नि भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दर्ता गरेकी थिईन। उनी न्यायको माग गर्दै अनसन पनि वसिन। खुँडाले मान्छे काट्नेजस्तो जघन्य अपराधमा सजाय पाएका व्यक्तिको ६० प्रतिशत कैद मिनाह गर्ने राष्ट्रपतिको कदमले संविधान र विधिको शासनको धज्जी उडेको भन्दै भारतीले दर्ता गरेको रिटमाथि सुनुवाईपछि अदालतले उक्त निर्णय वदर गरेको हो।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट